Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचनले जनता लोकतन्त्रको पक्षमा छन् भन्ने प्रमाणित गरेको छ : पौडेल

अर्थ संसार

शुक्रबार, ०९ मंसिर २०७९, ०६ : २५ मा प्रकाशित

निर्वाचनले जनता लोकतन्त्रको पक्षमा छन् भन्ने प्रमाणित गरेको छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले निर्वाचनले जनता लोकतन्त्रको पक्षमा रहेको प्रमाणित गरेको बताएका छन् । 

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले आज दमौलीमा आयोजना गरेको बधाई कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले निर्वाचनमा लोकतान्त्रिक शक्तिलाई विजयी गराएर जनता लोकतन्त्रको पक्षमा रहेको प्रमाणित भएको बताए ।

 

लोकतान्त्रिक आन्दोलनकको इतिहासलाई सम्मान गर्ने पक्षमा जनता रहेको भन्दै उनले जनतालाई शीरमा राखेर काम गर्ने बताए । जनतामा केही कुराको असन्तुष्टि रहेको भन्दै पौडेलले जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । हरेक कुरामा खरो रुपमा उत्रिन सक्नुपर्ने भन्दै पौडेलले देशमा अपार सम्भावना हुँदाहुँदै पनि नेपाल पछाडि परेको बताए । “नेपालमा अथाह सम्भावना छ, तर पनि नेपाल पछाडि परेको छ,” पौडेलले भने । तनहुँ–२ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले तनहुँको विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

 

तनहुँ–१ (१) सांसद अशोककुमार श्रेष्ठले गठबन्धनको विजयले समाज रुपान्तरणमा सहयोग पुग्ने उल्लेख गर्दै जनताले बोकाएको भारी सफलतापूर्वक सम्पन्न गर्ने बताए । “प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा भारी बोकेको अनुभव भइरहेको छ, यसलाई सफलतापूर्वक सम्पन्न गराउन कटिबद्ध छौँ, जनताका बीचमा बोलेका कुरा पूरा गरेरै छाड्छौँ”, उनले भने । 

तनहुँ क्षेत्र नं १ प्रदेशसभा(२) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानले सबैको साझा प्रतिनिधि भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । तनहुँ क्षेत्र नं २ प्रदेशसभा (२) बाट निर्वाचित नेपाली कांग्रेसका जीतप्रकाश आलेले सच्चा जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने प्रमाणित गरेर देखाउने बताए । “तनहुँका जनतालाई लज्जाबोध हुने अवस्था आउन दिन्नौँ, जनतामाझ जे कुरा बोलेका थियौ त्यसलाई पूरा गरेरै छाड्छौँ,” उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको