Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति निर्वाचनमा पौडेललाई अघि सार्ने तयारी

पत्रपत्रिका

सोमबार, ०८ फागुन २०७९, ०६ : ३१ मा प्रकाशित

राष्ट्रपति निर्वाचनमा पौडेललाई अघि सार्ने तयारी

नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा नेता रामचन्द्र पौडेललाई अघि सार्ने तयारी गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपतिको उम्मेदवार बन्ने आकाङ्क्षा राख्दै आएकोएक नेताले बताए । ती नेताका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवासहित केही पदाधिकारी तथा पूर्वपदाधिकारी पौडेललाई नै अघि सार्न एकमत देखिएका छन् । 

फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दिने मिति निर्वाचन आयोगले तय गरेकाले कांग्रेसले ११ वा १२ गते पदाधिकारी / कार्यसम्पादन समितिको बैठकबाट उम्मेदवार टुङ्गो लगाउने तयारी छ ।

'राष्ट्रपति बन्न पार्टीमा धेरै नेता योग्य र सक्षम हुनुहुन्छ,' ती नेताले भने, 'तर हाम्रो ( कांग्रेस) बाट पौडेलजीलाई उम्मेदवार बनाउने एक प्रकारको समझदारी छ ।' पौडेललाई राष्ट्रपतिका रूपमा अघि सार्दा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र पनि सकारात्मक हुने कांग्रेस नेताहरूको बुझाइ छ । माओवादीले राष्ट्रपतिमा सहयोग गर्नेमा आश्वस्त देखिएका कांग्रेसनिकट एक नेताले भने, 'प्रचण्ड ( पुष्पकमल दाहाल ) जीले कांग्रेसले उठाउने उम्मेदवारका विषयमा सभापतिसँग एकपटक छलफल गरेर पार्टीबाट निर्णय गर्ने पक्षमा हुनुहुन्छ ।' नागरिक दैनिकमा समाचार छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको