Like us!
Follow us!
Connect us!
Watch us!

निर्यात घटेका बेला विद्युतले जगाएको आशा,चार महिनामा ५४ अर्ब ७७ करोडको बिजुली निर्यात

पत्रपत्रिका

शुक्रबार, ०९ मंसिर २०७९, ०७ : ३८ मा प्रकाशित

निर्यात घटेका बेला विद्युतले जगाएको आशा,चार महिनामा ५४ अर्ब ७७ करोडको बिजुली निर्यात

पालको साँघुरिँदो निर्यात व्यापारको तस्बिरमा विद्युत निर्यातको आँकडालाई समावेश गर्दा निर्यातको तस्बिर केही फरक पर्ने देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चार महिनाको विवरणले ५४ अर्ब ७७ करोड रुपियाँ बराबरको निर्यात भएको देखाउँछ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.३३ प्रतिशतले कम हो ।

वस्तु निर्यातको आँकडा मात्र राख्ने भन्सार विभागको तथ्याङ्कमा यसै आर्थिक वर्षदेखि उत्साहजनक रूपमा निर्यात हुन थालेको विद्युत् निर्यात समावेश छैन । 

विभागको तथ्याङ्कले देखाएअनुसार नेपालको प्रमुख निर्यातजन्य वस्तुमा पाम तेल र भटमास तेल हुन् तर रोचक कुरा के भने यी दुई वस्तु पूर्ण आयातित कच्चा पदार्थमै आधारित हुन् । यो चार महिनामा प्रशोधित पाम तेल १० अर्ब २६ करोड रुपियाँको निर्यात भएको छ तर कच्चा पाम तेल नै यो समयमा १४ अर्ब ४० करोड रुपियाँको आयात भएको तथ्याङ्कले देखाउँछ । निर्यातमा दोस्रो स्थानमा रहेको भटमासको गेडा तथा अप्रशोधित तेल मात्रै २३ अर्ब ३७ करोड रुपियाँको आयात भएको छ । निर्यात भने यो अवधिमा पाँच अर्ब ३८ करोड रुपियाँको भएको देखिन्छ ।

भटमास र पाम तेलको आयात–निर्यात व्यापार मुलुकको राजस्व सङ्कलनको दृष्टिकोणले फाइदाजनक भए पनि मूल्य अभिवृद्धि अत्यन्तै न्यून हुने भएकाले उद्यमशीलता तथा रोजगारीजस्ता दिगो अर्थतन्त्रका आयाममा योगदान दिँदैन । व्यवसायीले इन्डोनेसिया, फिलिपिन्स, मलेसियाजस्ता देशबाट आयात गरेर नेपालमा प्रशोधन गरी भारत निर्यात गर्ने गरेका छन् । नेपाल–भारत व्यापार सन्धिको प्रावधानअनुसार भन्सार सहुलियत प्राप्त गर्न भारत जाने पाम र भटमास तेल नेपाल हुँदै भारत जाने गरेको हो । गाेरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको