Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंक र कुमारी बैंकले डाके साधारण सभा, मर्जर प्रस्ताव पारित हुँदै

अर्थ संसार

शुक्रबार, ०९ मंसिर २०७९, १३ : १७ मा प्रकाशित

एनसीसी बैंक र कुमारी बैंकले डाके साधारण सभा, मर्जर प्रस्ताव पारित हुँदै

कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले विशेष साधारण सभा आह्वान गरेका छन् । दुवै बैंकले मर्जर प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा आह्वान गरेका हुन् ।

कुमारी बैंक लिमिटेडकाे मंसिर ७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे विशेष साधारण सभा मंसिर २५ गते, आइतबार कुमारी बैंक लिमिटेड, नक्साल कार्यालयमा दिउँसाे १ बजेदेखि सुरू हुनेछ ।

यसैगरी, एनसीसी बैंककाे  मंसिर ७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे विशेष साधारण सभा मंसिर २५ गते, आइतबार अनमाेल ब्याङ्क्वेट, शंखमुल, काठमाडाैँमा दिउँसाे १ बजेदेखि सुरू हुनेछ ।

दुवै बैंकले विशेष साधारण सभामा मर्जरकाे प्रस्ताव पारित गर्नेछन् । यी दुई बैंकबीच असाेज १० गते, साेमबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियाे । सम्झौतामा कुमारी बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसी बैंकको तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बास्तोलाले हस्ताक्षर गरेका थिए । दुवै बैंककाे सञ्चालक समितिकाे बैठकले मर्जरपछि स्वाप रेसियाे १ः१ को अनुपात कायम गर्ने निर्णय स्विकृत गरेकाे छ । मर्जरपश्चात कुमारी बैंकको नाममा एकीकृत कारोबार हुनेछ ।  मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने भएका छन् ।

त्यसैगरी, दुवै बैंकले विशेष साधारण सभा प्रयाेजनका लागि  मंसिर १५ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेका छन् । जस अनुसार मंसिर १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको