Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिष्टिलरीले गर्याे बम्पर लाभांश घाेषणा, नगद र बाेनस कति ?

अर्थ संसार

शुक्रबार, ०९ मंसिर २०७९, १६ : ०३ मा प्रकाशित

हिमालयन डिष्टिलरीले गर्याे बम्पर लाभांश घाेषणा, नगद र बाेनस कति ?

हिमालयन डिष्टिलरी कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

कम्पनीकाे आज (मंसिर ९ गते, शुक्रबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ६० प्रतिशत बाेनस सेयर र १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश पुस २७ गते हुने कम्पनीकाे २२ औं वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते बुधबार बुक क्लोज मिति तोकेको छ। त्यसैले, पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनी मात्र लाभांशका लागि योग्य हुने छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको