Like us!
Follow us!
Connect us!
Watch us!

चालु आर्थिक बर्षमा ४७ आयोजनाको बिजुली विद्युत् प्राधिकरणको प्रणालीमा थपिने

पत्रपत्रिका

आइतबार, ११ मंसिर २०७९, ०७ : २५ मा प्रकाशित

चालु आर्थिक बर्षमा ४७ आयोजनाको बिजुली विद्युत् प्राधिकरणको प्रणालीमा थपिने

चालू आर्थिक वर्ष नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा ४७ नयाँ विद्युत् आयोजना थपिने भएका छन् । विद्युत्  विकास  विभागमा  पेस गरिएको  व्यावसायिक  उत्पादनको  तालिकाअनुसार  चालू  आर्थिक वर्षको अहिलेसम्म १० वटा आयोजनाले विद्युत् उत्पादन थालिसकेका छन् । कात्तिक मसान्तभित्र थपिएको यी १० आयोजनाले १२७.६८ मेगावाट उत्पादन थालिसकेका हुन् ।

उत्पादन थालिसकेका यी १० र यसै वर्षभित्र उत्पादन सुरु गर्ने तयारी गरिरहेका ४७ गरी चालू आर्थिक  वर्षमा  ५७  वटा  विद्युत्  आयोजनाको  ८११.८६ मेगावाट विद्युत् प्रणालीमा आबद्ध हुने देखिएको छ । यीमध्ये तीन सौर्य विद्युत् आयोजना हुन् भने बाँकी जलप्रवाही जलविद्युत् आयोजना छन् । मङ्सिर लागेसँगै २५ मेगावाटको  अप्पर दोर्दीले  पनि  परीक्षण  उत्पादन  सुरु  गरेको  छ  ।  यसबाहेक बागलुङको कालङ्गा (१५ मेगावाट), पर्वतको मध्यमोदी (१८ मेगावाट) र सोलुखुम्बुको मध्य  सोलुखोला  (नौ  मेगावाट)ले  यही  महिना  परीक्षण उत्पादन गर्ने भएका छन् ।

देशभित्र खपत भएर धेरै भएको  विद्युत् भारत निर्यात गरिरहेको प्राधिकरणले पुस लागेसँगै  भारतबाट  आयात  गर्नुपर्ने  हुन्छ । तर आयात गर्नुपर्ने यही समयमै देशभित्र बनिरहेका आयोजनाले व्यावसायिक उत्पादन थाल्ने भएपछि भारतबाट विद्युत् आयातको परिमाण घट्नेछ ।

प्राधिकरणका  अनुसार  मङ्सिर  महिनामा  मात्रै चार आयोजनाबाट ६७ मेगावाट विद्युत् थप हुँदै छ । यीमध्ये लमजुङमा रहेको २५ मेगावाटको अप्पर  दोर्दी  ए  आयोजनाले  परीक्षण  उत्पादन  थालिसकेको छ । पुसमा १० मेगावाटको मार्कीगाड, ४.७२ मेगावाटको अप्पर पिलुवा, ४.५५ मेगावाटको अपर माछाखोलाले व्यावसायिक उत्पादन थाल्ने तयारीमा छन् ।

माघमा वर्षभरिकै धेरै एकै पटक २४४.२६ मेगावाट   क्षमताका   विद्युत्   आयोजनाले   व्यावसायिक विद्युत् उत्पादन गर्ने योजना विद्युत् विकास विभागमा पेस गरेका छन् । ८६ मेगावाटको सोलुखोला (दूधकोसी), ५४ मेगावाटको सुपरदोर्दी, ४४ मेगावाटको सुपरमादी, ३८ मेगावाटको अप्पर कलगागाडलगायतका  नौ  जलविद्युत्  आयोजना  पनि माघमै विद्युत् उत्पादन थाल्ने योजनामा छन् ।

कुनै  विशेष  अवरोध  नआए  आगामी  चैतदेखि   असारसम्ममा   २६८.६५   मेगावाट   क्षमताका जलविद्युत् आयोजना सम्पन्न हुनेछन् । गाेरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको