Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्थ संसार

आइतबार, ११ मंसिर २०७९, ११ : १५ मा प्रकाशित

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेलधुरा कार्यालयमा आवद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको  थियो ।  

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आवद्ध भै बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरुलाई अझ बढी व्यवसायिक बनाउँदै उनीहरुको जिवनस्तर मा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रवर्द्धन गर्दै लैजाने नीति अनुरुप  कम्पनीले यस प्रकारको कार्यक्रमहरु सुदुर पश्चिम प्रदेशबाट  सम्पन्न गर्दै आइरहेको र सोही क्रममा मङ्सिर ७ गते महेन्द्रनगरमा ८ गते धनगढीमा र आज मङ्सिर ९ गते डडेलधुरामा  यो कार्यक्रम आयोजना गरिएको बताए । 

कम्पनीका मार्केटिङ बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए ।  कर्यक्रममा उत्कृष्ट व्यवसाय गरि डडेलधुरा शाखाबाट चेयरपर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले  सम्मान पत्रबाट सम्मान गरेका थिए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको