Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

सोमबार, १२ मंसिर २०७९, ०६ : ०९ मा प्रकाशित

एभरेष्ट बैंकको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एभरेष्ट बैंक लिमिटेडको २०.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि मंसिर १३ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको मंसिर २ गते, शुक्रबार, बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २८औँ वार्षिक साधारण सभा मंसिर २६ गते, सोमबार लैनचौर बैक्ङ्क्वेट, लैनचौर काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.६८ प्रतिशत नगद गरि कुल २०.६८ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा(नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको