Like us!
Follow us!
Connect us!
Watch us!

रिडी पावरकाे काराेबार खुल्न किन हुँदैछ ढिलाई, के भन्छ नेप्से ?

अर्थ संसार

सोमबार, १२ मंसिर २०७९, १४ : ०९ मा प्रकाशित

रिडी पावरकाे काराेबार खुल्न किन हुँदैछ ढिलाई, के भन्छ नेप्से ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंसिर ७ गते, बुधबारबाट रिडी पावर कम्पनी लिमिटेडकाे काराेबार राेक्का गरिरहेकाे छ । कम्पनीकाे काराेबार राेक्का नै रहिरहँदा कम्पनीकाे सेयरमा लगानी गर्ने लगानीकर्ताहरूकाे रकम फ्रिज भएकाे छ ।

नेप्सेले गर्याे रिडी पावरकाे काराेबार राेक्का

रिडी पावरकाे सञ्चालक समितिकाे बैठक ११ बजे बसेर लाभांश घाेषणा गरेकाे भएपनि नेप्सेलाई भने काराेबार समय पछि मात्रै जानकारी गराइएकाे भन्दै नेप्सेले सूचना लुकाएकाे आरोपमा कम्पनीको कारोबार रोक्का गरेको थियाे । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (घ) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समयमा बैठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीले वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेकाे सूचनामा उल्लेख थियाे । कम्पनीले के कति कारणबाट नेप्सेको कारोबार समयभित्र सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो र समयमानै जानकारी नदिएको हो ? ३ (तीन) कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेले निर्देशन दिएकाे थियाे ।

नेप्सेको एक्सन : एउटै गल्ती रिडी र नबिल म्युचुअल फण्डलाई कारबाही, स्ट्याण्डर्ड चार्टर्डलाई छुट

हालसम्म पनि कुनै सूचना नआएपछि लगानीकर्ताहरू अन्याैल छन् । कम्पनीकाे काराेबार कहिलेबाट खुल्ला भन्ने लगानीकर्ताहरूकाे जिज्ञासा बनेकाे छ । हामीले यसैबारे बुझ्न नेप्सेसँग कुरा गर्याैँ ।

रिडी पावरले नेप्सेलाई आफ्नो जवाफ समेटेर स्पष्टिकरण पेश गरिसकेको नेप्सेका प्रवक्ता मुरहारी पराजुलीले अर्थ संसारलाई जानकारी दिए । उनले भने, "रिडीबाट हामीलाई स्पष्टिकरण आइसकेको छ । अहिले सम्बन्धित विभागले रिपोर्टिङ गरिरहेको छ । सीईओलाई रिपोर्ट बुझाएपछि सोही अनुसारले निर्णय लिइन्छ ।"

कम्पनीकाे मंसिर ६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

भिडियाे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको