Like us!
Follow us!
Connect us!
Watch us!

"बुलमा किन्ने र बियरमा बेच्ने मेन्टालीटी छ भने तपाईँलाई बर्बाद हुनबाट कसैले रोक्न सक्दैन"

अर्थ संसार

सोमबार, १२ मंसिर २०७९, १४ : ४५ मा प्रकाशित

माया गर्नेहरूले महाराजा र बुलिस विचारको व्यक्तिलाई मन नपराउने हरुले आफूलाई टोपी मास्टर भन्ने गरेको सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल बताउँछन्।

अर्थ संसारको कार्यक्रम सेयर गफमा कुराकानी गर्दै उनले बजार घटेको बेला आफूले सकारात्मक स्ट्याटस राखी लगानी गरेका लगानीकर्तालाई सकारात्मक उर्जा दिन र उनीहरूले व्यक्त गरेको लगानीमा विश्वास राख्न यस्तो पोस्ट गर्ने गरेको बताएका छन् र आफूले स्ट्याटस राखेर नियामक निकायको ध्यानाकर्षण गराउन पोस्ट गर्ने गरेको र आफ्ना स्ट्याटस पछाडि लगानीकर्ताको मनोविज्ञान प्रभावित गर्ने कुनै उद्देश्य नरहेको संवादका क्रममा बताएका छन्। 

दीपेन्द्र अग्रवाललाई लगानीकर्तालाई त्रसित बनाएर आफूले सेयर उठाउँछन् भनी लाग्ने आरोपको जवाफ दिँदै उनले आफ्नो लागि भन्दा पनि सबैको लागि जानकारी दिने उनले बताएका छन् । उनले ४/१२ ले नीति आउँदा सुरुवातमा आफूले विरोध गरेको कुरालाई गलत रूपमा लिइएता पनि समग्रता लागि आवाज उठाएको बताएका छन्। उनले ४/१२ नीतिले ठूला लगानीकर्तालाई प्रभावित नगरेको बताएका छन्। ४/१२ ले ठूला लगानीकर्तालाई भन्दा पनि साना लगानी कार्यलाई प्रभाव गरेको बताएका छन्।

संवादका क्रममा उनले बुलमा किन्ने र बियरमा बेच्ने मेन्टालीटी छ भने तपाईंलाई बर्बाद हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्। 

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको