Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंककाे १३ प्रतिशत बाेनस समायाेजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

सोमबार, १२ मंसिर २०७९, १६ : ४९ मा प्रकाशित

एभरेष्ट बैंककाे १३ प्रतिशत बाेनस समायाेजन, प्रतिकित्ता मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

बैंककाे १३ प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता ४ सय ७७ रूपैयाँ ७९ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य ५ सय ३९ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंककाे २८औँ वार्षिक साधारण सभा मंसिर २६ गते, साेमबार लैनचाैर बैक्ङ्क्वेट, लैनचाैर काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.६८ प्रतिशत नगद गरि कुल २०.६८ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको