Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफको अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

अर्थ संसार

बुधबार, १४ मंसिर २०७९, १७ : ०५ मा प्रकाशित

नेशनल लाइफको अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी  कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो भेलामा कम्पनीको सुर्खेत कार्यालयमा आवद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको  थियो ।  

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले  अभिकर्ता पेशालाई व्यवसायिक बनाउँदै उनीहरुको जिवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रवर्द्धन गर्दै लैजाने नीति अनुरुप कम्पनीले यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको बताए । साथै प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा ऎन २०७९ का आधारभुत विषयवस्तुको बारेमा पनि संक्षिप्त्त रुपमा प्रकाश पारेका थिए ।

कम्पनीका बजार व्यवस्थापन विभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाई प्रस्तुति कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा सुर्खेत शाखाबाट  उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान गरेका थिए ।  

सुर्खेत शाखा प्रमुख बल बहादुर सिजपतीको सभपतित्वमा सम्पन्न सो कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले धन्यवाद ज्ञापन गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको