Like us!
Follow us!
Connect us!
Watch us!

टेलिकमकाे रिचार्ज कार्डबाट मोबाइल रिचार्ज गर्नेलाई बोनस

अर्थ संसार

सोमबार, १९ मंसिर २०७९, १२ : ४८ मा प्रकाशित

टेलिकमकाे रिचार्ज कार्डबाट मोबाइल रिचार्ज गर्नेलाई बोनस

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज (Top up) गरे बापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले रु. २००, रु. ५०० र रु. १००० दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो । 

रु. २०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र रु. ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी रु. १००० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा बाेनस स्वरुप प्राप्त हुनेछ । 

यो अफर भोलि (मंसिर २०) देखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुनेछ । यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ । 
  
                                                                                                  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको