Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक

अर्थ संसार

मंगलबार, ०३ माघ २०७९, १४ : ५६ मा प्रकाशित

आइएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक

आइएमई पेले मोबाईल रिचार्जमा ५% सम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा पौष ३० गतेबाट पुनः सुरु गरिएको छ ।

यस अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप दर्ता गरेको मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा ५% क्यासब्याक र अन्य कुनै मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा २% क्यासब्याक पाउने जानकारी सार्वजनिक गरिएको छ । 

हालसम्म ४० लाखभन्दा बढी प्रयोगकर्ताहरुलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आईरहेको आइएमई पे ले सो अफर आफ्नो सम्पूर्ण ग्राहकलाई समर्पित गरेको छ । कम्पनीले यस अफरको नियम तथा शर्त स्वरुप हरेक प्रयोगकर्ताहरुले १ महिनाको समय अन्तरालमा आफ्नो मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू. १०० क्यासब्याक र अरु मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू. १०० क्यासब्याक प्राप्त गर्न सकिने जानकारी पनि दिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको