ग्रिन भेन्चर्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।
समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले १९ करोड ४५ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ५३ लाख ८४ हजार रुपैयाँ खुद नोक्सानीमा थियो ।
यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ५२ करोड ५ लाख १७ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीले बिद्युत उत्पादन सुरु गरेको थिएन ।
त्यस्तै, कम्पनीको चुक्ता पूँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ र रिटेन अर्निङको आकार ८ करोड ३१ लाख ६२ हजार रूपैयाँ रहेको छ । पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी बढेर ६ रुपैयाँ २३ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १०२.६६ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४८.३१ गुणा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस