Like us!
Follow us!
Connect us!
Watch us!

सुधारको संकेतमा भारतीय अर्थतन्त्र, मुद्रास्फिति घट्दा ब्याजदर वृद्धिदर घटाउने संकेत

धिरज पौड्याल

मंगलबार, २० मंसिर २०७९, १६ : ११ मा प्रकाशित

सुधारको संकेतमा भारतीय अर्थतन्त्र, मुद्रास्फिति घट्दा ब्याजदर वृद्धिदर घटाउने संकेत

अर्थतन्त्र एक चक्रमा सञ्चालित रहन्छ। रिसेसन र ग्रोथसम्मको चक्रको अन्तरमा संचालित रहने अर्थतन्त्रलाई यो चक्रमा चलायमान बनाउन नियामक हरूले नीति अवलम्बन गर्ने गर्दछ। अर्थतन्त्र उच्च ग्रोथ हुँदा र उच्च रिसेशन तर्फ उन्मुख हुनु दुवै अर्थतन्त्रको लागि प्रतिकूल हुन्छ । 

उच्च रूपमा अर्थतन्त्र ग्रोथ हुँदा अर्थतन्त्रमा पैसा चलायमान बढी हुन्छ जसले मुद्रा स्फितिलाई निर्देशित गर्दछ भने रिसेसनमा जाँदा आर्थिक क्रियाकलाप बन्द रहँदा अर्थतन्त्र प्रभावित रहन्छ। राष्ट्रले नीति निर्माण गर्दा अर्थतन्त्रलाई ब्यालेन्स गरेर लैजाने नीति निर्माण गर्ने गर्दछ। अमेरिकाले आफ्नो बढ्दो मुद्रास्फिति नियन्त्रण गर्न फेडले ब्याजदर बढाउने निर्णय लियो जसले अन्तराष्ट्रिय अर्थतन्त्र प्रभावित बनायो।

विस्तृतमा:

फेडको निर्णयले कसरी अन्तराष्ट्रिय अर्थतन्त्र प्रभाव गरेको छ ?

भारतले २०१२ बाट अर्थतन्त्र विस्तार गर्न ब्याजदर कम गर्यो। २००८ पछि को अन्तराष्ट्रिय आर्थिक मन्दिमा व्यवसाय सहज गराउन ब्याजदर घटायो। २००८ मा ब्याजदर कम गरेर करिब ६ प्रतिशत माथिको ब्याजदर ४ प्रतिशतको नजीकमा झार्यो। र २०११ तिर ब्याजदर वृद्धि गर्यो। करिब ४ प्रतिशतको नजीकमा रहेको ब्याजदर ८ प्रतिशत माथि सम्म पुग्यो र २०१२ बाट ब्याजदर कम गर्न थाल्यो। करिब २०१८ सम्म आइपुग्दा उक्त ब्याजदर घटाएर ६ प्रतिशत माथि ल्याएको थियो, कोभिड्को प्रभाव पश्चात २०२० मा ६ प्रतिशत माथि रहेको ब्याजदर ४ प्रतिशतमा झार्यो। २०२० देखि २०२२ अप्रिल सम्म स्थिर रहेको ब्याजदर ५.९ % सम्म आइपुगेको छ ।

(गत १ वर्षयताको ब्याजदर )

(गत २५ वर्ष यताको ब्याजदर )

भारतले पछिल्लो समय ब्याजदर वृद्धि गर्दा हाल मुद्रा स्फिती दर घटेको देख्न सकिन्छ। २०२१ को अन्त्यतिर बढ्दो ट्रेन्डमा देखिएको मुद्रास्फितिदर लाई नियन्त्रण गर्न ब्याजदर वृद्धि गर्यो जसलाई चित्रमा देख्न सकिन्छ। (निलो लाइन मुद्रास्फिति दर हो भने कालो लाइन ब्याजदर) 

(५ वर्ष यताको मुद्रास्फिति र ब्याजदर बीचको सम्बन्ध। )

(२०२२ को मुद्रा स्फिति दर)

हाल भने भारतको वैदेशिक सञ्चिति दर पनि सुधारको चरणमा रहेको देख्न सकिन्छ। गत १ वर्ष यता देखि निरन्तर रूपमा घटिरहेको भारतको वैदेशिक सञ्चिति नोभेम्वरमा पहिलो पटक वृद्धि भएको छ । नोभेम्वर २५ सम्मको तथ्याङ्क हेर्दा भारतको वैदेशिक मुद्रा सञ्चिति ५५०.१४ बिलियन अमेरिकी डलर रहेको छ। ३ हप्ताको अवधिमानै २० बिलियन अमेरिकी डलर वृद्धि भएको देखिन्छ। 

 

१ वर्ष यताको भारतको वैदेशिक सञ्चिति

(५ वर्ष यताको भारतको वैदेशिक मुद्रा सञ्चिति)

त्यस्तै भारतको मुद्रा विनिमय दर नोभेम्वरमा उच्च गिरावट देखिँदा सुधारको चरणमा रहेको देखिन्छ। 

भारतको अर्थतन्त्र सुधारलाई अर्थतन्त्रको ऐना मानिने सेयर बजारले पनि संकेत गरिरहेको छ। नोभेम्वर देखि गिरावटमा देखिएको शेयरबजार गत हप्ता अल टाइम हाई ब्रेक गरेको थियो। हाल भने ६२६१६.७२ अंकको बिन्दुमा रहेको छ। 

भोलि बिहान भारतीय समय अनुशार १० बजे भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले व्याजदर बारे वेवकास्ट मार्फत जानकारी दिने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। सञ्चार माध्यमले भारतको व्याजदर पनि घट्ने संकेत गरिरहेका छन्। भारतीय अर्थमन्त्री निर्मला सितारमणले आर्थिक विस्तार सरकारको उच्च प्राथमिकता रहेको जनाएको हुँदा आर्थिक वृद्धि र मुद्रास्फितिलाई गभर्नरले समेट्ने सञ्चार माध्यममा उल्लेख गरेका छन्, रिपोर्टमा मुद्रास्फिति घट्दा र अन्य सूचक सकारात्मक देखिदा भारतीय रेजर्भ बैंकले ब्याजदर वृद्धिको दरकम गर्ने स्थान पाउने उल्लेख गरेका छन् |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको