Like us!
Follow us!
Connect us!
Watch us!

फेडको निर्णयले कसरी अन्तराष्ट्रिय अर्थतन्त्र प्रभाव गरेको छ ?

धिरज पौड्याल

शनिबार, १७ मंसिर २०७९, ११ : ०० मा प्रकाशित

फेडको निर्णयले कसरी अन्तराष्ट्रिय अर्थतन्त्र प्रभाव गरेको छ ?

१५ जुन २०२२ मा फेडेरल बैंकको घोषणाले अन्तराष्ट्रिय अर्थतन्त्रमै तरंगित बनायो। अर्थतन्त्रको दृष्टिकोणबाट अमेरिकालाई हाक्छ्यु आउँदा अन्तराष्ट्रिय अर्थतन्त्रमा चिसोले सताईसकेको हुन्छ भन्ने भनाई छ। जून १५ को फेडको निर्णय पश्चात अन्तराष्ट्रिय अर्थव्यवस्था सशंकित बन्यो।

अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको राष्ट्र, अमेरिकाले लिने आर्थिक नीतिले विश्वब्यापी अर्थतन्त्रलाई डोर्याइरहेको हुन्छ । अमेरिकामा बढदो महंगी र मुद्रास्फीतिदर लाई नियन्त्रणमा ल्याउन फेडले ब्याजदर वृद्धि गर्ने निर्णय गर्यो। अमेरिकामा अहिले देखिएको ४० वर्ष यताकै सबैभन्दा ठूलो मुद्रास्फीति दर हो। 

फेडेरल रिजर्भले बढदो मुद्रास्फीति र महंगीलाई नियन्त्रणमा लिन ब्याजदरलाई वृद्धि गर्ने निर्णय लियो। अर्थतन्त्र विस्तार र संकुचन हुने अर्थतन्त्रका चक्र हुन, कतिपय अवस्थामा निरन्तर रूपमा बढिरहेको अर्थतन्त्रलाई सामान्य बनाउन यस्ता निर्णय लिने गरिन्छ। 

अमेरिकाको ब्याजदरको तथ्याङ्क हेर्दा सन १९९४ पछि पहिलोपटक फेडले आक्रामक रूपमा ब्याजदरमा वृद्धि गरेको देखिन्छ। ब्याजदरमा हुने वृद्धिका व्यक्तिहरूको खरिद क्षमता घट्न जान्छ जसले मुद्रास्फीति नियन्त्रण ल्याउँछ। ब्याजदरको वृद्धिका कारण व्यवसायिक वृद्धिमा भने गिरबट आउँछ, अधिकांश व्यवसायहरू लोनमा चल्ने हुँदा व्यवसायमा उच्च समस्या देखिएको छ जसको कारण अर्थतन्त्रमा मन्दितर्फ उन्मुख हुँदै छ । ब्याजदरमा यसरी आक्रामक परिवर्तन हुँदा यसको असर अन्तराष्ट्रिय रुपमा देखिएको छ । 

अमेरिकामा ब्याजदरको वृद्धिका कारण आयात प्रभावित हुन्छ। अन्तराष्ट्रिय व्यापारमा सहभागी हुने राष्ट्रहरूको निर्यातमा अशर देखिँदा अर्थतन्त्र प्रतिकूल बन्न पुग्छ। ब्याजदरमा वृद्धि हुँदा मुद्रा एक्सचेन्ज गिरावट, सेयर बजार गिरावट तथा कमोडिटीज को मूल्य बढ्ने गर्दछ।

नेपालमा वैदेशिक लगानिको बाटो खुल्ला भएको छैन तर विश्वका अधिकांश राष्ट्रहरूको पूँजी बजारमा वैदेशिक लगानीकर्ताहरूले लगानी गरेका हुन्छन्। लगानीकर्ताहरू विकासोन्मुख राष्ट्रहरूमा सम्भावना देखेर लगानी गर्ने गर्दछन्। अमेरिकामा ब्याजदरमा वृद्धि भएमा उनीहरू आफ्नो लगानीमा अमेरिका तर्फ मोड्छन, जशबेला राम्रो प्रतिफल र ब्याज पाउने गर्छन यता राष्ट्रको अर्थतन्त्र सेयर बाजार बाट पैसा निकाल्दा वजार घट्ने र समग्र राष्ट्रको अर्थतन्त्रमा प्रभावित गर्दछ। 

फेडको ब्याजदरको वृद्धिका कारण मुख्यतः मुद्राको फ्लाइट, पैसाको भ्यालु घट्छ र पैसाको भ्यालु घट्दा बढ्ने आयात मुख्य उच्च हुन्छ जसका कारण वैदेशिक व्यापार घाटामा वृद्धि आउँछ। 

ब्याजदर अर्थतन्त्र निर्धनरणको मुख्य सूचकको रूपमा लिने गरिन्छ, ब्याजदर उच्च हुँदा अनावश्यक बबल हरु बन्न पाउदैनन जसले अर्थतन्त्रलाई नियन्त्रित गर्न मद्दत गर्दछ। अमेरिकाको निर्णयमा अमेरिकाले आफ्नो अर्थतन्त्र नियन्त्रण गर्ने निर्णय लिगेको थियो तर यसको प्रभाव अन्तराष्ट्रिय रूपमा नकारात्मक देखियो।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको