माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सेयरधनी गान्धी पंडितको नाममा रहेको ९८ हजार ८९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले उक्त सेयर हाल बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर निवेदन दिनु पर्नेछ ।
निवेदन काठमाडौंको सुन्धारास्थित बाघ दरबार जेडीए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडको सेयर विभागमा बुझाउनु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस