Like us!
Follow us!
Connect us!
Watch us!

विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्डबाट जिभि अनलाईन हेल्थ केयर सम्मानित

अर्थ संसार

बुधबार, २१ मंसिर २०७९, ११ : १४ मा प्रकाशित

विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्डबाट जिभि अनलाईन हेल्थ केयर सम्मानित

विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जिभि (Jeevee) अनलाईन हेल्थ केयर सम्मानित भएको छ । घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि. र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको ई–हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामको तर्फबाट संयुक्त रूपमा जिभि (Jeevee) अनलाईन हेल्थ केयर प्लेटफर्मलाई अवार्ड प्रदान गरिएको हो ।

नेपालमा पहिलोपटक आयोजना भएको डिजिटल हेल्थ कन्फरेन्स समारोहमा सोही अवार्ड प्रदान गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको ई–हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामको आयोजना तथा जेनेभा डिजिटल हेल्थ हबको सहआयोजनामा सञ्चालन आयोजना भएको उक्त कन्फरेन्स्मा ५० हजार राशीको उक्त अवार्ड हेल्थ एट होभका तर्फबाट प्रदान गरिएको थियो । 

सोही सम्मेलनमा नेपालको डिजिटल स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा लगायतका विषयमा छलफल भएको थियो । सम्मेलनमा नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापेलरका साथै स्वीट्जरल्याण्ड, जापान, दुबईलगायतका डिजिटल हेल्थमा क्रियाशील अन्तर्राष्ट्रिय वक्ताहरू तथा नेपालका स्वास्थ्यसम्बद्ध विज्ञहरूले समेत कार्यपत्र प्रस्तुत गरेका थिए । डिजिटल हेल्थका क्षेत्रमा जिभि (Jeevee) नेपालले गरेको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । 

हेल्थ एट होमले यसअघि नाइटिङ्गल  नर्सिङ अवार्ड २०२२ बाट वरिष्ठ नर्स बिमला श्रेष्ठलाई अवार्ड प्रदान गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको