Like us!
Follow us!
Connect us!
Watch us!

तरकारीको थोक मूल्य घट्यो, खुद्रा मूल्य भने जस्ताको तेस्तै

अर्थ संसार

विहीबार, २२ मंसिर २०७९, ०८ : ५२ मा प्रकाशित

तरकारीको थोक मूल्य घट्यो, खुद्रा मूल्य भने जस्ताको तेस्तै

काठमाडौँमा तरकारी आपूर्ति बढे संगै तरकारीको थोक मूल्य घटेको छ । पछिल्ला डेढ सातामा रातो आलु, काउली, मुला, बन्दा. सागलगायतका मौसमी तरकारीको मूल्य आधा भएको छ तर ख़ुदा मूल्य नबद्धा उपभोक्ताले राहत पाउन सकेका छैनन् ।
कालीमाट, फलफल तथा तरकारी विकास समितिका अनुसार मंसिरको पहिलो सातासम्म थोकमा प्रतिकेजी एक सय रुपियाँमा कारोबार भएको स्थानीय काउली अहिले घटेर ४० रुपियाँमा झरेको छ। रातो आलु पनि प्रतिकेजी ७५ रुपियाँबाट घटेर ५९ रुपियाँमा झरेको छ । मुला, बन्दा, सागलगायतका तरकारी पनि थोक कारोबारमा सस्तिएका छन् ।

कालीमाटी तरकारी बजारमा तरकारी किन्दै गर्नुभएकी कलङ्कीका विनीता थापाले थोकमा तरकारीको भाउ यति धेरै घट्दा पनि खुट्टामा आफूले महसुस गर्न नपाएको अनुभव सुनाउनुभयो । “काउली अहिले प्रतिकेजी एक सय रुपियाँमा किन्नुपर्छ तर यहाँ त त्यही काउली एक सय रुपियाँमा एक धार्नी आयो । आलु, बन्दा, गोलभेंडा, चम्सुर, पालुङको साग त्यत्तिकै सस्तो,” उहाँले भन्नुभयो ।

कालीमाटी बजारभित्रै रहेको खुदा र थोक बजारको तरकारी मूल्य अन्तर हेर्दा पनि आधाभन्दा बढी नै छ । कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले पछिल्लो १५ दिनमा मौसमी तरकारीको भाउ आधामा झरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले बजारमा तरकारीको माग नै कम छ आएको तरकारी पनि बिक्री गर्न गाह्रो छ । थोक बजारमा मौसमी मात्रै होइन, बेमौसमी तरकारी पनि सस्तिएका छन् ।" कालीमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको आपूर्ति पुरानै अवस्थामा फर्किएकाले मूल्य घटेको बताउनुभयो । उहाँका अनुसार कालीमाटीमा हाल दैनिक औसतमा आठ सय मेट्रिक टनको हारहारीमा तरकारी भित्रिने गरेको छ ।

समितिका अनुसार अहिले स्थानीय उत्पादन हुने भएकाले तरकारीको माग पनि कम हुने गर्छ । बजारमा स्वदेशी उत्पादन धेरै भएकाले भारतबाट हरिया तरकारी कम परिमाणमा आएको छ । अहिले आलु, प्याज, गोलभँडालगायतका तरकारी भारतबाट आइरहेका छन्। हरियो तरकारीको भाउ सस्तो भएको र मौसमी तरकारी अझै सस्तिने क्रममा रहेको उहाँले बताउनुभयो ।

उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले थोक र खुद्रामा तरकारीको मूल्यान्तर धेरै हुँदा पनि अनुगमन नहुने सरकारको नियमनकारी निकायको उदासीनता हो भन्नुभयो । अनुगमन गर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता सरक्षण विभागका निर्देशक होमप्रसाद भट्टराईले तरकारी केन्द्रित भएर बजार अनुगमन नभए पनि नियमित रूपमा अनुगमन भइरहेको दाबी गर्नुभयो।यो समाचार आजको गोरखापत्रमा छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको