Like us!
Follow us!
Connect us!
Watch us!

एआइआइबीले बंगलादेशलाई २५ करोड डलर ऋण दिने

अर्थ संसार

विहीबार, २२ मंसिर २०७९, १६ : ५७ मा प्रकाशित

एआइआइबीले बंगलादेशलाई २५ करोड डलर ऋण दिने

एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले बंगलादेशलाई सामाजिक विकासमा समावेशिता र उत्तरदायित्व सुधार गर्न २५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।

सामाजिक उत्थानशीलता सुदृढीकरण कार्यक्रमअन्तर्गत बजेट सहयोगका रुपमा ऋण उपलब्ध गराउने सम्झौतामा बंगलादेश र एआइआइबीबीच हस्ताक्षर भएको छ । बंगलादेशको आर्थिक सम्बन्ध डिभिजन (ईआरडी) का सचिव शरीफा खान र एआईआईबीको लगानी परिचालन विभागका उपाध्यक्ष उर्जित आर पटेलले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार तीन वर्षको सहुलियत अवधिसहित साढे छब्बीस वर्षमा बंगलादेशले ऋण चुक्ता गरिसक्नुपर्नेछ ।

बंगलादेशले यसअघि पनि अघिल्ला तीन आर्थिक वर्षमा कोभिड–१९ महामारीविरुद्ध लड्न, कोभिडपछिको अर्थतन्त्रलाई सुदृढ बनाउन बजेटरी सहयोगका रुपमा ८० करोड अमेरिकी डलर प्राप्त गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको