Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्याे सिवाईसी लघुवित्तकाे काराेबार फुकुवा

अर्थ संसार

शुक्रबार, २३ मंसिर २०७९, १६ : ०७ मा प्रकाशित

नेप्सेले गर्याे सिवाईसी लघुवित्तकाे काराेबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । अब आगामी आइतबारबाट दाेश्राे बजारमा संस्थाकाे काराेबार खुल्नेछ । 

नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ । 

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुँदैछन् । मर्जर प्रयाेजनका लागि प्रारम्भिक समझदारी पत्रमा सम्झाैता भएसँगै असार २३ गतेदेखि नै नेप्सेमा संस्थाकाे कारोबार रोक्का थियाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

63930cf8607ff.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको