Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन इन्फ्रास्ट्रक्चरले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

आइतबार, २५ मंसिर २०७९, १० : ५५ मा प्रकाशित

एनआरएन इन्फ्रास्ट्रक्चरले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे दशाैँ वार्षिक साधारण सभा पाैष २० गते, बुधबार आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडाैँमा र जुमकाे माध्यमबाट एकसाथ सञ्चालन हुनेछ ।

सभामा कम्पनीकाे मंसिर १६ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित कुल ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ५ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको