Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर घट्ने हल्लाले सेयर बजारमा वृद्धि

अर्थ संसार

सोमबार, २६ मंसिर २०७९, १५ : १५ मा प्रकाशित

ब्याजदर घट्ने हल्लाले सेयर बजारमा वृद्धि

आज (साेमबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । पाैषमा ब्याजदर घट्ने हल्लाले सेयर बजारमा वृद्धि देखिएकाे अनुमान लगाउन सकिन्छ । 

पुष १ गतेदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर राम्रै घट्ने देखिएकाे बैंकर परशुराम कुँवर क्षेत्री बताउँछन् । बैंकहरुको थप कर्जा दिन सक्ने सुविधाजनक अवस्था, उच्च ब्याजदर आदिका कारणले कर्जाको मागमा कमी, बैंकहरुले राष्ट्र बैंकबाट लिने रिपो र SLF मा उल्लेख्य गिरावट, अन्तरबैंक ब्याजदरमा उल्लेख्य गिरावट आदिका  कारणले पौष १ गतेबाट लागू हुने गरी निक्षेपको ब्याजदर राम्रै घट्ने देखिएकाे उनकाे तर्क छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.९६ अंकले बढेर १९०२.२७ विन्दुमा पुगेकाे छ । नेप्से ०.९० प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ५.५७ अंकले बढेर ३७२.९३ विन्दुमा पुगेकाे छ । 

कूल २४५ वटा कम्पनीकाे ४४ लाख ७० हजार ६ सय २५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३६ करोड ६० लाख १० हजार ४ सय ६४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज बैंकिङ्ग उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ ।

साेमबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे २१ कराेड ३२ लाख ४१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । समिट लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

यस दिन ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ९.९३ प्रतिशतले घटेर ८ रूपैयाँ १६ पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको