Like us!
Follow us!
Connect us!
Watch us!

सचेत रहनुस् ! तपाईँलाई थाहै नदिई यसरी ठगिरहेछन् तपाईँका आफ्नैले

धिरज पौड्याल

सोमबार, २६ मंसिर २०७९, १६ : ४३ मा प्रकाशित

सचेत रहनुस् ! तपाईँलाई थाहै नदिई यसरी ठगिरहेछन् तपाईँका आफ्नैले

सचेत रहनुहोस्, अब लुट्ने हैन प्रभाबित गर्ने ठगी बढिरहेको छ। 

नेपाल कानुनको आवश्यता महसुश र कानुन निर्माणमा पछाडि छँदैछ, कानुनको कार्यान्वयनको पक्षमा त धेरै पछाडि रहेका छौँ। नेपाल डिजिटल भनौ वा सूचना प्रविधिको युगमा प्रवेश गरेको एक दशक पूरा भएको छ। हामी यो अवधिमा जान अन्जानमा विभिन्न डिजिटल ठगी तथा सक्यामको सिकार हुन पुग्यौ। हामि र हाम्रो डिजिटल सुरक्षा संयन्त्र ठगीको सामान्य स्वरूपलाई नियन्त्रण लिन सकेको छैन यो अवस्थामा ईन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ता सुसूचित नभएसम्म र ठगी नियन्त्रण तर्फ केन्द्रित नहुँदासम्म धेरै नेपालीको खाताको पैसा खाताबाटै नहराउला भन्न सकिँदैन। 

हामी डिजिटल युगको प्रवेशको दशकमै Whatsapp तथा समान रूपमा देखिने वेबसाइट सृजना गरी गरिने सक्याम वा एनीभर्सरीको नाममा हुने स्क्याम बाट नै हामी प्रभावित र ठगिएका छौ। हामी डिजिटल सक्यामको सिकार थाहा नभईनै भइरहेका छौ, हामी हरेक चिजमा संयम भएर निर्णय लिने गर्छौ तर हामी डिजिटल उपकरणमा हाम्रो जानकारी सार्वजनिक गर्न कत्ति सचेत रहँदैनौ जसले हामीलाई स्क्याम तर्फ दोहोर्याई रहेको हुन्छ। 

बढ्दो स्क्यामको भूगोल 

नेपालको बैंकिङ प्रणाली केही वर्ष अगाडि हेर्दा आन्तरिक बैंकिङ प्रणालीमा सीमित रहेको थियो, हामीले प्रयोग गर्ने बैंकिङ औजार एटीएम कार्ड, चेक, डिजिटल बैंकिङ मात्र प्रयोग गर्दा जालसाजी वा म्यानिपुलेट गरेर तपाईंको खाताबाट पैसा ट्रान्सफर हुने गर्थ्यो वा तपाईंलाई पैसा ट्रान्सफर गर्न बाध्य गर्ने गरिन्थ्यो वा अन्जानमा तपाईं त्यस्मा व्याध्य बन्नुभएको थियो, त्यसबेला आन्तरिक रूपमा वा राष्ट्र भित्रबाटनै तपाईंलाई सक्याममा तान्ने गर्दथे जुन अहिले बैंकिङ औजारको स्तरोन्नति हुँदा र हामी बहुराष्ट्रिय रूपमा सञ्जलमा सँगै जोडिदा डिजिटल ठगीमा लक्षित हुने सम्भावना वृद्धि हुन्छ। अहिले हामीले प्रयोग गर्ने क्रेडिट कार्ड, डलर कार्ड ईन्टरनेट बैंकिङको आधारमा हामीबाट हाम्रो पैसा हाम्रो अनुमति बिनानै खाताबाट गायब हुन सक्छ। हामीले डलर कार्डबाट सहज रूपमा विदेशमा पनि कारोबार गर्न सक्छौ, कार्डको कारोवारमा कार्डको डिटेलको आधारमा नै कारोबार हुने हुँदा तपाईंको डिटेलको अनधिकृत पहुँच पुगेका तपाईं ठगीको सिकार बन्न सक्नुहुनेछ। 

इन्टरनेटमा  डाटा र पासवर्ड सुरक्षाले निम्त्याएको समस्या

हामीले ईन्टरनेट स्क्रोल गर्दै गर्दा हामीले धेरै वेबसाइट हरु चलाइसकेको छौ, हामीले विभिन्न फरक फरक साइट प्रयोगगर्दा लग ईन ( Login) को लागि प्रयोग गर्ने आईडी र पासवर्ड बारम्बार स्मरण गर्नु गाह्रो वा सम्झन नै असम्भव जस्तै हुन्छ, स्मरणको लागि हामीले अटो सेभ पासवर्ड सेवाको प्रयोग गर्ने गर्छौ। यसरी हामीले अटो सेभ गर्ने खाता भित्र हाम्रो बैंकिंग, सामाजिक सञ्जाल देखि हरेक महत्त्वपूर्ण खाताहरुको लग-इन जानकरी सुरक्षित राखेको मूख्य खाताको डिटेल अनधिकृत पहुँच पुगेमा हाम्रा सबै खातामा हस्तक्षप हुन सक्छ जसले तपाईंलाई संकटमा पार्न सक्छ। आफै सुरक्षित रहने पासवर्डमा थप सुरक्षा प्रदान गर्न सेवा प्रयादयक हरूले विशेष ध्यान दिएका हुन्छ। हामीले ईन्टरनेट स्क्रोल गरेकै आधारमा हाम्रो डेटामाथि तेस्रो पक्षले हस्तक्षप गर्न सक्छ भन्ने भने हैन, हामीले अनाधिकृत रूपमा वेबसाइटलाई एक्सेस दिएको खण्डमा उनीहरूले हाम्रो डाटामा पहुँच पुर्याउँछन्। 

अधिकांश रूपमा हाम्रो डिजीटल पासवर्डहरू गुगल अकाउन्टमा सेभ रहने हुँदा गुगल अकाउण्ट प्रयोग कसरी गर्ने भन्ने बारे सचेत रहनु आवश्यक रहन्छ। 

हामी एक्सेस दिन कुनै संकोच मान्दैनौं 

हामीले वेबसाइट हरु स्क्रोल गर्दा विभिन्न टर्म र कण्डिसनहरु देखाएको हुन्छ, हामीले त्यो टर्म हरु नपढीनै त्यसमा एक्सेस दिन्छौ। हाल लग ईनमा सहजताको लागि प्रतक्ष्य रूपमा गुगल अकाउण्टबाट एक क्लिकमा लग ईन गर्ने सेवा उपलब्ध रहँदा जथाभावी लगईन गर्दा वा एक्सेस दिँदा त्यसको दुरुपयोग हुन सक्छ। 

समान बनावटको वेबसाइट निर्माण

इन्टरनेटको सर्बसुलभता र सहजताको कारण अहिले उस्तै देखिने वेबसाईट निर्माण गरी तपाईंसँग बाट तपाईंको जानकारी लिने गर्छन। जस्तै तपाईंको कुनै बैंकमा खाता रहेको छ, तपाईबाट उक्त खाताको लग ईन डिटेल लिनको लागि स्क्याम परिचालन गर्न उक्त बैंकको लग इन सिस्टम जस्तै देखिने वेबसाइट निर्माण गरी लग इन गर्न तपाईंलाई आकर्षण गर्दन, तपाईंले लग इन गरेपश्चात त्यो वेबसाईट त्यही सकिन्छ, तपाईंको लगइन गर्न प्रयोग गर्नुभएको डिटेल उनीहरूको डाटाबेसमा सुरक्षित रहन्छ, तपाईंलाई सामान्य प्रक्रिया जस्तो लाग्छ, उनीहरू थप प्रक्रिया संचालित गरी तपाईँको खाताबाट पैसा निकाल्न तपाईंलाई प्रभावित गर्ने गर्दछ। 

तपाईंलाई पार्न सक्छन् प्रभावित

 यस्ता किसिमका स्क्यामहरु परिचालित रूपमा हुने गर्दछ।उनीहरू सामाजिक सञ्जालमा विभिन्न किसिमका विज्ञापनहरू संचालित गर्ने गर्दछन्। पैसा सँग प्रभावित हुने मानव मनोविज्ञान उत्तेजित गर्न उनीहरू फरक फरक प्रक्रियाहरू अबलम्बन गर्ने गर्दछन्। हामी संग कुनै बेला स्क्याम लक्षित भै आइपुग्छ भने कतिपय समयमा हामीसम्म हाम्रो नजिकको व्यक्तिबाट अन्जानमा आइपुग्छ, हामी अन्जानमा थप अन्य व्यक्तिसम्म उक्त सक्याम सञ्चालन गर्ने व्यक्तिको उद्देश्य पूर्ति हामीले गरिरहेका छौ।

तपाईंलाई थाहा नदिई पैसा निकाल्न मात्र ठगी हैन तपाईंलाई प्रभावित पारी पैसा निकाल्नु पनि ठगी हो

अधिकांश इन्टरनेटमा हुने ठगी हामीले  हामीलाई अन्जानमा पारी वा चलन चल्तीको भाषामा लुट्ने शैलीको लाई मात्र बुझ्ने गर्छौ तर पछिल्लो समय म्यानिपुलेट गरी तपाईंलाई उक्त प्रक्रियामा जोडिन प्रभावित गर्न तेश्रो पक्ष जोडिने गर्छन। पछिल्लो समय नेपालमा वान एक्स बेटमा तपाईंलाई चिनेका र विश्वास गरेका व्यक्ति यो प्रयोग गर्नु गर्नु भनि तपाईंलाई त्यस सेवामा आबद्ध गरी तपाईलाई उक्त गैरकानुनी एपको प्रयोग गर्न प्रभावित गरेका थिए सट्टेबाजी पनि एक प्रकारको ठगी जस्तै हो वा ठगी नै हो। सट्टेबाजी बाट धेरै नेपालीले पैसा गुमाएका छन, तपाईंलाई सट्टेबाजीमा आबद्ध गर्न भूमिका खेलेका व्यक्तिले तपाईंलाई डिजिटल स्क्याम गरेका हुन्। 

अहिले विश्वब्यापी रूपमा हेर्दा हामीले देखेको स्क्याम सामान्य भइसकेको छ, अहिले खोसेर पैसा लुट्ने भन्दापनि प्रभाबित वा म्यानिपुलेटिभ गरी डिजिटल रूपमा ठगी गर्ने गरेका छन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको