Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच सम्झौता, १५ हजार भन्दा बढी स्थानबाट नेपाल रेमिटको भुक्तानी लिन सकिने

अर्थ संसार

मंगलबार, २७ मंसिर २०७९, १७ : ३६ मा प्रकाशित

नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच सम्झौता, १५ हजार भन्दा बढी स्थानबाट नेपाल रेमिटको भुक्तानी लिन सकिने

नेपाल रेमिट इन्टरनेशनल र प्रभु म्यानेजमेन्टबीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्ट प्रा.लि को तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट प्रभु म्यानेजमेन्ट  नेपाल रेमिट इन्टरनेशनल को मुख्य प्रतिनिधि भएको छ ।

बिगत १५ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दे आएको साथै देश भर १०,००० भन्दा बढि स्थानबाट सेवा प्रदान गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र बिगत एक दशक देखि रेमिटान्स क्षेत्रमा काम गर्दे आएको प्रभु म्यानेजमेन्ट प्रा.लि बिचको सम्झौताले विश्वका हरेक क्षेत्रबाट पठाएको रकम नेपालमा सरल तरिकाबाट प्राप्त गर्न थप सरल छिटो र छरितो हुने अपेक्षा गरिएको छ ।

प्रभु म्यानेजमेन्टसँगको सम्झौता संगै नेपाल रेमिटका ग्राहकहुले अब देशभर रहेका १५००० स्थानहरुबाट बिदेशबाट पठाएको रकमको भुक्तानि लिन सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको