Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौं क्यान्सर सेन्टरबीच सम्झौता

अर्थ संसार

शुक्रबार, ०१ पुस २०७९, १२ : २९ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौं क्यान्सर सेन्टरबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाण्डौं क्यान्सर सेन्टर, चाँगुनारायण बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई काठमाण्र्डौ क्यान्सर सेन्टर, चागुनारायणमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । 3D CRT सेवा, IMRT सेवा, VMAT सेवा लगायत अन्य सेवाहरुमा छुट दिने सम्झौता भएको हाे । 

उक्त सम्झौतापत्रमा काठमाण्डौं क्यान्सर सेन्टर, चाँगुनारायणका तर्फबाट अध्यक्ष अन्जनी कुमार झा र बैंकको तर्फबाट बाग्मती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्टले हस्ताक्षर गरेका छन् ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको