अर्थ संसार, काठमडौं– अब तपाईले बैंक तथा वित्तिय संस्थामा खोलेको खाता बन्द गर्न पनि पैसा तिर्नुपर्ने भएको छ ।
यस अघिको व्यवस्थामा बैंक खाता बन्द गर्दा शुल्क तिर्नुपर्र्दैन थियो । तर, बैंकहरुले विभिन्न वहानमा शुल्क लिदै आएका थिए ।
नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिका अनुसार बैंक खाता खोलेको ६ महिनाभित्र खाता बन्द गर्दा शुल्क तिुर्नपर्ने नीतिगत व्यवस्था गरेको हो ।
बैंक तथा वित्तिय संस्थाहरुले शुल्क नलिएका कारण ग्राहकले खाता खेल्दै, बन्द गर्दै गर्ने गरेका कारण आफूहरुको लागत बढेको गुनासो बैंक तथा वित्तिय संसहरुले गर्दै आएका थिए । उनीहरुले बैंक खाता खोल्दा र बन्द गर्दा शुल्क लिन पाउनुृपर्ने व्यवस्था गरिदिनसमेत आग्रह गरेका थिए ।
बैंकहरुको मागको सुनाई गर्दै राष्ट्र बैंकले बैंकले बैंक खात खोलेको ६ महिनाभित्र खाता बन्द गर्दा बैंकले शुल्क लिन पाउने व्यवस्था गरिदिइएको हो ।
के गर्र्दा पैसा लाग्छ ? के गर्दा लाग्दैन ?
इजाजतप्राप्त संस्थाले निक्षेप खाता खोल्दा, चेक जारी गर्दा, खाता सञ्चालन गर्दा, खाता खोलेको ६ महिनापछि खाता बन्द गर्दा, बैंक स्टेटमेन्ट लिँदा वा प्राकृतिक व्यक्तिको हकमा २ लाख रुपैयाँसम्मको एबीबीएस सेव प्रदान गर्दा ग्राहकबाट कुनै पनि किसिमको सेवा शुल्क लिन पाइनै छैन एकिकृत निर्देशिकामा भनिएको छ ।
तर, ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढी माग गरेको अवस्थामा त्यस्तो शुल्क लिन बाधा पुगेको मानिने छैन ।
राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिमा लिएका नीतिहरु एकिकृत निर्देशिकामार्फत् कार्यान्वयनमा लाग्ने गरेको छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस