Like us!
Follow us!
Connect us!
Watch us!

४० बढी फुटबल खेलाडी बिदेसिए, अधिकांशको गन्तव्य अस्ट्रेलिया

पत्रपत्रिका

शुक्रबार, १० चैत्र २०७९, ०७ : ०२ मा प्रकाशित

४० बढी फुटबल खेलाडी बिदेसिए, अधिकांशको गन्तव्य अस्ट्रेलिया

काठमाडौंमा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल चलिरहेको छ । नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे अधिकांश युवा खेलाडी समावेश गरेर बुधबार नेपालाई लाओससँग २–० को जित निकाल्न सफल भए । तर, राष्ट्रिय टोलीमा लामो समय व्यतित गरेका मिडफिल्डर सुजल श्रेष्ठ, डिफेन्डर रन्जित धिमाल र सरोज दाहाल भने अस्ट्रेलिया उड्न ब्याकिङमा व्यस्त थिए । सुजल र रन्जित बिहीबार नै अस्ट्रेलिया उडे भने सरोज शुक्रबार उड्दै छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्यहरू विदेश पलायन हुनेक्रम रोकिएको छैन ।

माघको पहिलो साता राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राई अस्ट्रेलिया भासिए । यू–१२ देखि राष्ट्रिय टोलीसम्मका उनका सहकर्मी सुजल श्रेष्ठले कठै मेरो देश ! उज्ज्वल भविष्य र सफलताको शुभकामना प्रियमित्र विशाल राई । भनेर बिदाई गरेका थिए ।

त्यसको ठीक दुई महिनापछि सुजलले पनि अस्ट्रेलियाको गन्तव्य रोजे । सुजलले पछिल्लोपटक नेपालमा गत ३० कात्तिकमा पाकिस्तानविरुद्धको खेल खेलेका थिए । सुजलले अस्ट्रेलिया उड्नुअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।

कुन खेलाडी कहाँ ?
जगजित श्रेष्ठ (अस्ट्रेलिया– लिग खेल्न फर्किएको), सुलभ मास्के (अस्ट्रेलिया), विमल बस्नेत (अस्ट्रेलिया), सविन्द्र श्रेष्ठ (अस्ट्रेलिया), हेमन गुरुङ (अस्ट्रेलिया) र एलन न्यौपाने (अस्ट्रेलिया)

पछिल्लो एक वर्षमा बिदेसिएका फुटबल खेलाडीहरू
सुमन लामा (अस्ट्रेलिया), आशिष लामा (अस्ट्रेलिया), दर्शन गुरुङ (अस्ट्रेलिया), सन्तोष तामाङ (अस्ट्रेलिया), अमिर श्रेष्ठ (अस्ट्रेलिया), विमल राना (अस्ट्रेलिया), शिव गुरुङ (अस्ट्रेलिया), राजन गुरुङ (अस्ट्रेलिया), नवीन गुरुङ (अस्ट्रेलिया), अभिषेक रिजाल (अस्ट्रेलिया), हेमन्त थापामगर (अस्ट्रेलिया), सुमन अर्याल (अस्ट्रेलिया), गौतम श्रेष्ठ (अस्ट्रेलिया), तेज तामाङ (अस्ट्रेलिया), दिनेश राजवंशी (अस्ट्रेलिया), नितिन थापा (अस्ट्रेलिया), विश्व अधिकारी (अस्ट्रेलिया), प्रविण शैजु (अस्ट्रेलिया), दिलेन लोक्ताम (अस्ट्रेलिया), सन्जोक राई (अस्ट्रेलिया), रोहित कार्की (अस्ट्रेलिया), सूर्य अधिकारी (अस्ट्रेलिया), रूपबहादुर लामा (अस्ट्रेलिया), त्रिदेव गुरुङ (अस्ट्रेलिया), मिक्चेन तामाङ (अस्ट्रेलिया), रवि थिङ (अस्ट्रेलिया), रन्जन विष्ट (अस्ट्रेलिया), विवेक बस्नेत (दुबई), रोशन खड्का (दुबई), सरोज कोइराला (दुबई), निरकुमार राई (दुबई), निरज बस्नेत (न्युजिल्यान्ड), राजेन्द्र रावल (अस्ट्रेलिया), रवि थापा (अस्ट्रेलिया), अजित प्रजापति (अस्ट्रेलिया), रेजिन सुब्बा (अस्ट्रेलिया– लिग खेल्न फर्किएको), आकाश बुढा मगर (अस्ट्रेलिया), रमेश बर्तौला (अस्ट्रेलिया), विशाल राई (अस्ट्रेलिया), सुनिल बल (अस्ट्रेलिया), सुजल श्रेष्ठ (अस्ट्रेलिया), रन्जित धिमाल (अस्ट्रेलिया) र सरोज दाहाल (अस्ट्रेलिया) । राजधानी दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको