Like us!
Follow us!
Connect us!
Watch us!

छ महिनामा रोजगारीका लागि विदेशिए चार लाख नेपाली, ८० प्रतिशत मलेसिया र खाडीमा

पत्रपत्रिका

विहीबार, ०५ माघ २०७९, ०६ : ५९ मा प्रकाशित

छ महिनामा रोजगारीका लागि विदेशिए चार लाख नेपाली, ८० प्रतिशत मलेसिया र खाडीमा

सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको भए पनि रोजगारीको खोजीमा विदेशिनेको सङ्ख्या बढिरहेको छ । चालू आर्थिक वर्षको पहिलो छ महिना (साउनदेखि पुससम्मं) मा करिब चार लाख नेपाली रोजगारीको खोजीमा मलेसिया र खाडीलगायतका मुलुकमा गएका छन् । 

वैदेशिक रोजगार विभागका अनुसार आव २०७९र८० को पहिलो छ महिनामा तीन लाख ९८ हजार जना श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशिएका छन्, जसमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी (कतार, साउदी, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान)लगायतका देशमा जानेको हिस्सा ८० प्रतिशत रहेको छ । बाँकी हिस्सा अन्य देशमा गएको तथ्याङ्क छ ।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले मङ्गलबार पदबहालीकै क्रममा बाध्यात्मक वैदेशिक रोजगारीलाई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेका थिए । स्वदेशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या हेर्दा त तत्काल बाध्यात्मक वैदेशिक रोजगारी रोकिने अवस्था नदेखिएको सरोकारवाला बताउँछन् । 

वैदेशिक रोजगारविज्ञ डा। गणेश गुरुङले स्वदेशमा रोजगारीका विकल्प तयार नगरी बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा तत्काल सम्भव नदेखिएको टिप्पणी गरे । उनले भने, “मन्त्रीज्यूले केही आधार दिएको भए शून्यमा झार्ने प्रयास यसरी रहेछ भन्ने हुन्थ्यो । त्यत्तिकै बोलेका भरमा शून्यमा झार्नेतर्फ विगतका मन्त्रीकै जस्तो हो, उहाँले गर्नुभयो भने हेरौँला नि त ।” गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको