Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंक र फोनपेको सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु

अर्थ संसार

सोमबार, ०४ पुस २०७९, ११ : २३ मा प्रकाशित

एनएमबि बैंक र फोनपेको सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु

विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबि बैंक र फोनपे को सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु भएको छ ।

शुक्रबार क्यूआर मार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाद्वारा सो अभियानको सुरुवात भएको हो । मनकामना मन्दिर परिसरमा पुजा सामाग्री, फलफुल, रेस्टुरेन्ट लगायत अरु व्यवसायको भुक्तानी साथै मन्दिरमा भेटी दान समेत अब विद्युतीय माध्यमबाट नै गर्न सकिने भएको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको