Like us!
Follow us!
Connect us!
Watch us!

५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, बोलकबाेल कहिले ?

अर्थ संसार

सोमबार, ०४ पुस २०७९, १४ : ३३ मा प्रकाशित

५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, बोलकबाेल कहिले ?

नेपाल राष्ट्र बैंकले ५ अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । बैंकले ४ वर्ष अवधिकाे "विकास ऋणपत्र २०८३ (ज)" नामकाे ऋणपत्र बिक्री गर्न लागेकाे हाे । उक्त ऋणपत्रकाे व्याजदर बाेलकबाेलकाे माध्यमबाट निर्धारण हुनेछ ।

यसैगरी, उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । याे ऋणपत्र धिताे राखी कर्जा लिन/दिन पाइनेछ । उक्त ऋणपत्रकाे बाेलकबाेल भाेलि पुस ५ गते मंगलबार अपरान्ह २ बजेसम्म हुनेछ । यही पुस ६ गते निष्कासन भएर उक्त ऋणपत्रकाे साँवा २०८३ साल पुस ६ गते भुक्तानी हुनेछ । 

त्यस्तै, इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धीले निष्कासित रकमको ८५ प्रतिशत अर्थात् रु ४ अर्ब २५ करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् ७५ करोड बराबरको ऋणपत्र खरिद गर्न सक्नेछन् । 

खरिदकर्ताले घटीमा रु ५० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउनेछन्  ।

विकास ऋणपत्रकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

63a028da2e02c.jpg 63a028e10e5e1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको