अर्थ संसार
काठमाडौं— निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरलाई अन्तर्राष्ट्रिय संस्था फ्रस्ट एन्ड सुल्लिभानले सन् २०१६ का लागि ‘नेपालको उत्कृष्ट वायुसेवा’ अवार्डबाट सम्मानित गरेको छ।
राजधानीको होटल सोल्टीमा बुधबार आयोजित कार्यक्रममा सुल्ल्भिानले बुद्धलाई उक्त अवार्डबाट सम्मानित गरेको आजको नागरिकमा छ । यसखालको प्रतिष्ठित अवार्डबाट हाम्रा सेवा अझ गुणस्तरीय बनाउन थप मद्दत र प्रेरणा मिल्छ,’ अवार्ड ग्रहण गर्दै बुद्धका एमआइएस डाइरेक्टर रजिन रञ्जितले भने।
बुद्धले हाल आठ जहाजबाट दैनिक चार दर्जनभन्दा बढी उडान गरिरहेको छ । आन्तरिकबाहेक काठमाडौंबाट भारतको बनारस तथा भुटानको पारोसम्म चार्टर्ड उडान पनि गरिरहेको छ । बुद्धले गत वर्ष ८ लाख यात्रुलाई विभिन्न गन्तव्य पुर्याएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस