Like us!
Follow us!
Connect us!
Watch us!

जुम्लामा हिमालय आँखा अस्पतालको नि:शुल्क आँखा शिविर, ४२ जनाले पाए ज्योति

अर्थ संसार

सोमबार, ११ पुस २०७९, १५ : ५४ मा प्रकाशित

जुम्लामा हिमालय आँखा अस्पतालको नि:शुल्क आँखा शिविर, ४२ जनाले पाए ज्योति

नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पतालको आयोजनामा जुम्लाको हिमा गाँउपालिकामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । हिमा गाँउपालिका र कादुरी एग्रिकल्चर एशोसियसनसंगको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो ।

पुस १ गतेदेखि ४ गतेसम्म आयोजना गरिएको उक्त आँखा शिविरमा ८२८ जनाको नि:शुल्क आँखा परीक्षण गरिएको थियो ।

अस्पतालका आउटरिच कोर्डिनेटर सुवास नेपालका अनुसार उक्त शिविरमा ८२८ जनाको आँखाको निःशुल्क परीक्षण र औषधि वितरण गरिएको थियो । सो शिविरबाट ४२ जनाको निःशुल्क मोतियाविन्दको शल्यक्रिया समेत गरिएको छ ।

शिविरमा आँखा जाँच गराएकाहरुमध्य २९७ जनालाई निशुल्क चस्मा वितरण गर्नुको साथै आँखामा सामान्य समस्या भएका ६७३ जना बिरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको