Like us!
Follow us!
Connect us!
Watch us!

शाईन रेसुङ्गाको बाेनस समायाेजन, मंगलबार कतिमा खुल्छ काराेबार ?

नेप्से

सोमबार, ११ पुस २०७९, १६ : ५३ मा प्रकाशित

शाईन रेसुङ्गाको बाेनस समायाेजन, मंगलबार कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।  

बैंककाे १३.३० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ३ रूपैयाँ ६२ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य ३ सय ४४ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको सञ्चालक समितिको बैठकले बैंकको १४ औँ वार्षिक साधारण सभा पुस २५ गते बिहान ११ बजेदेखि ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, मणिग्राम रुपन्देहीमा संचालन गर्ने निर्णय गरेको छ ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १३.३० प्रतिशत बोनस सेयर र ०.७० नगद लाभांश (कर प्रयोजन) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । त्यस्तै सभाले मर्जर तथा एक्विजिसन प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।

63a98132f38af.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको