Like us!
Follow us!
Connect us!
Watch us!

२ वाणिज्य बैंक सहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

अर्थ संसार

मंगलबार, १२ पुस २०७९, ०७ : ०९ मा प्रकाशित

२ वाणिज्य बैंक सहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, लुम्बिनी विकास बैंक, बिन्ध्यबासिनी हाइड्रोपावर र राधी विद्युत् कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १२ गते अन्तिम दिन रहेको । यी ५ वटै कम्पनीहरुले लाभांश तथा साधारणसभा प्रयोजनार्थ भोलि पुस १३ गते बुकक्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।  । 

लुम्बिनी विकास बैंक
सभा तथा लाभांश प्रयोजनार्थ बैंकले पुस १३ गते १ एक सेयरधनी दर्ता किताब बन्द गर्ने गर्ने निणय गरेकाृ थियो त्यसैले आज पुस १२ गतेसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा नियमानुसार कारोवार भई सि।डि।एस। एण्ड क्लियरिङ लिमिटेडवाट राफसाफ भएका सेयरधनीले सभामा भाग लिन पाउनेछन्। 

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ३ प्रतिशत बोनश सेयर र ९ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरको छ ।

बैंकको पन्ध्रौं वार्षिक साधारण सभा पौष २६ गते मंगलबार ११ बजे काठमाडौँको कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा बस्ने छ। 

सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेडकाे २१ औँ वार्षिक साधारण सभा पुस २८ गते, बिहीबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद लाभांश गरी कुल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, पूँजी वृद्धि लगायतका विषयहरु समावेश गरी बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

 नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंक लिमिटेडको २९ औँ वार्षिक साधारणसभा पुस २५ गते बिहान ११ बजेदेखि त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमांडौमा संचालन गर्ने निर्णय गरेको हो ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत बोनश सेयर र ७.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभा)श वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । त्यस्तै सभाले मर्जर तथा एक्विजिसन प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ । साथै सभाले सञ्चालकहरुको बैठक भत्ता बृद्धिको प्रस्ताव सेमत पारित गर्नेछ । 

बिन्ध्यबासिनी हाइड्रोपावर

बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनीले लाभांश सहित अन्य प्रस्तावहरु पारित गर्न पुस २२ गतेका लागि बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको छैठौ बार्षिक साधारणसभा कम्पनीको केन्द्रिय कार्यलय बानेश्वर काठमांडौमा बिहान १० बजेदेखि सुरु हुनेछ भने सभामा सेयरधनीहरु भर्चुअल माध्यामबाट समेत सहभागी हुन सक्नेछन् । 

यहि बर्ष जेठ २० गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

राधी विद्युत कम्पनी

राधी विद्युत कम्पनीले हाल कायम चुक्तापूँजीको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितको लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वरमा बिहान ११ बजे शुरू हुने जानकारी दिइएको छ 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको