Like us!
Follow us!
Connect us!
Watch us!

आज BHDC को सेयर किन्ने वा होल्ड गर्नेका लाभांस सुरक्षित

अर्थ संसार

मंगलबार, १२ पुस २०७९, ०८ : ३३ मा प्रकाशित

आज BHDC को सेयर किन्ने वा होल्ड गर्नेका लाभांस सुरक्षित

बिन्ध्यबासिनी हाइड्रोपावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। 

बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ भोलि पुस १३ गते बुकक्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् । लाभांश सहित अन्य प्रस्तावहरु पारित गर्न पुस २२ गतेका लागि बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको छैठौ बार्षिक साधारणसभा कम्पनीको केन्द्रिय कार्यलय बानेश्वर काठमांडौमा बिहान १० बजेदेखि सुरु हुनेछ भने सभामा सेयरधनीहरु भर्चुअल माध्यामबाट समेत सहभागी हुन सक्नेछन् । 

यहि बर्ष जेठ २० गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

नेप्सेमा यस कम्पनी BHDC छोटो रूपमा कारोबार हुने गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको