Like us!
Follow us!
Connect us!
Watch us!

“एनआईबिएल ग्रोथ फण्ड” प्रति लगानीकर्ताको बढ्दो आकर्षण, ४ दिनमै ५० प्रतिशत भन्दा बढी बिक्याे

अर्थ संसार

बुधबार, १३ पुस २०७९, ११ : ४९ मा प्रकाशित

“एनआईबिएल ग्रोथ फण्ड” प्रति लगानीकर्ताको बढ्दो आकर्षण, ४ दिनमै ५० प्रतिशत भन्दा बढी बिक्याे

“एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने पाँचौ योजना “एनआईबिएल ग्रोथ फण्ड " यहि पौष ७ गते बाट सार्वजनिक निश्कासनमा रहेको छ । योजनाको सार्वजनिक निश्कासन पौष २१ गते सम्म रहनेछ ।

यस अघि निश्कासित अन्य समुहिक लगानी कोष योजनाहरुको तुलनामा यस योजनामा लगानीकर्ताहरु उत्साहपूर्वक सहभागिता बढ्दै गईरहेको र शेयर बजारमा आएको सिथिलताको बाबजुद सार्वजनिक निष्काशनको चौथो कार्यदिन दिन सम्ममा यस योजनाको कुल १६ करोड इकाई मध्ये ५० प्रतिशत भन्दा बढी, ८.६३ करोड इकाईको लगी आवेदन प्राप्त भईसकेको छ । यस योजनामा लगानीकर्ताहरूले न्यूनतम १०० र अधिकतम १ करोड ६० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताहरुले ( व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजारदेखि अधिकतम रु. १६ करोडसम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताहरुले आफ्नो सी-आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन (Login) गरी अनलाईन आवेदन दिन सक्नेछन् । योजनाको विवरण पुस्तिका एनआईबिएल एस क्यापिटल लि. को वेव साईट (www.niblcapital.com) तथा नेपाल धितोपत्र बोर्डको वेव साईट (www.sebon.gov.np) मा समेत राखिएको छ ।

यस योजनाको समयावधि १० वर्षको रहेको छ र यो हाल सम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन समेत रहेको छ । योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफल (Effective Annual Return) को रुपमा २० २५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको