Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको साधारण सभाबाट मर्जर प्रस्ताव पारित

अर्थ संसार

विहीबार, १४ पुस २०७९, ११ : ५८ मा प्रकाशित

प्रभु बैंकको साधारण सभाबाट मर्जर प्रस्ताव पारित

प्रभु बैंक लिमिटेडको २१ औँ साधारण सभा आज (पाैष १४ गते, बिहीबार) बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा सम्पन्न भएकाे छ । 

सभाले बैंकको सञ्चालक समितीले प्रस्ताव गरेको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । यसका साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

साधारण सभामा आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने तथा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने र प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि पारित गरिएकाे छ  ।

त्यसैगरी, सभाले प्रभु  बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने तथा संयुक्त प्राप्ति समितिले गरेको निर्णय लगायतका सम्पूर्ण कार्य अनुमोदन गरेकाे छ। सभाले  सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको