Like us!
Follow us!
Connect us!
Watch us!

६ वटा विकास बैंककाे लाभांश घाेषणा, हेर्नुस् कुनकाे कति ?

अर्थ संसार

शुक्रबार, १५ पुस २०७९, १७ : १६ मा प्रकाशित

६ वटा विकास बैंककाे लाभांश घाेषणा, हेर्नुस् कुनकाे कति ?

यतिबेला लाभांश सिजन चलिरहेकाे छ । धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरिरहेका छन् । 

लाभांश कै कुरा गर्नुपर्दा हालसम्म नेप्सेमा सूचिकृत ६ वटा विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । ६ वटामध्ये ४ वटाकाे बुकक्लाेज भइसकेकाे छ । मुक्तिनाथ र महालक्ष्मीकाे लाभांश भने अझै पनि सुरक्षित गर्न सकिन्छ ।

लाभांश घाेषणा गर्ने विकास बैंकहरूकाे विवरण यस प्रकारकाे छ :

१. मितेरी डेभलपमेन्ट बैंक लिमिटेड

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे मंसिर १९ गते साेमबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२.३५ प्रतिशत बाेनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । 

२. लुम्बिनी विकास बैंक लिमिटेड

लुम्बिनी विकास बैंक लिमिटेडकाे मंसिर २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३ प्रतिशत बाेनस सेयर र ९ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । 

३. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

४. गरिमा विकास बैंक लिमिटेड

गरिमा विकास बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद गरि कुल १४.५० लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  

५. मुक्तिनाथ विकास बैंक लिमिटेड

मुक्तिनाथ विकास बैंक लिमिटेडको पुस १ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१०५  प्रतिशत नगद गरी कुल १४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

६. महालक्ष्मी विकास बैंक लिमिटेड

महालक्ष्मी विकास बैंक लिमिटेडकाे पाैष १ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि समेत गरी ६.४७ प्रतिशत नगद गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको