Like us!
Follow us!
Connect us!
Watch us!

४ वटा वाणिज्य बैंकले पाए मर्जरका लागि राष्ट्र बैंकबाट अन्तिम स्विकृती

अर्थ संसार

आइतबार, १७ पुस २०७९, १० : ५५ मा प्रकाशित

४ वटा वाणिज्य बैंकले पाए मर्जरका लागि राष्ट्र बैंकबाट अन्तिम स्विकृती

४ वटा वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्विकृती प्राप्त गरेका छन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले मर्जरका लागि अन्तिम स्विकृती प्राप्त गरेका हुन् ।

राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडलाई मर्जरका लागि अन्तिम स्विकृती दिएकाे थियाे । यस्तै, ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडलाई राष्ट्र बैंककाे शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले अन्तिम स्विकृती दिएकाे हो ।

राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि यी बैंकहरूलाई एकिकृत कारोबार सुरू गर्ने बाटो खुल्नेछ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मङ्सिर २३ गते सम्पन्न भएकाे साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो । यी दुवै बैंक १:१ को अनुपातमा मर्ज हुन लागेका हुन् । 

त्यसैगरी,  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडको पुस ७ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो ।  यी दुवै बैंक १००ः९० को अनुपातमा मर्ज हुन लागेका हुन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको