Like us!
Follow us!
Connect us!
Watch us!

SHIVM को नगद लाभांस खाने ? आजै सुरक्षित गर्ने पर्ने

अर्थ संसार

मंगलबार, १९ पुस २०७९, ०७ : ३४ मा प्रकाशित

SHIVM को नगद लाभांस खाने ? आजै सुरक्षित गर्ने पर्ने

शिवम् सिमेन्ट्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पारित गरिनेछ ।

कम्पनीकाे साताैँ वार्षिक साधारण सभा पाैष २९ गते, शुक्रबार सामना हाेटल, हेटाैँडा उपमहानगरपालिका, बैंकराेड, मकवानपुरमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

सभाले आगामी ४ वर्षे कार्यकालका लागी (कम्तिमा एक जना महिला सहित) ५ पाँच जना सञ्चालकहरुको निर्वाचन गरी सञ्चालक समिति गठन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सबका लागि कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते १ दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १९ (आज ) गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

नेप्सेमा यस कम्पनीको सिम्बोल /संक्षिप्त नाम SHIVM  रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको