Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर घटाउन तथा तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधार गर्न प्रधानमन्त्री प्रचण्डको जोड

अर्थ संसार

बुधबार, २० पुस २०७९, ११ : २५ मा प्रकाशित

ब्याजदर घटाउन तथा तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधार गर्न प्रधानमन्त्री प्रचण्डको जोड

ब्याजदर घटाउन तथा तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधार गर्न प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले जोड दिएका छन् । प्रधानमन्त्री प्रचण्डले देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले ब्याजदर घटाउन तथा तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधार गर्न जाेड दिएका हुन् । यस्तै बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा पनि उनकाे चासाे थियाे ।

प्रचण्डले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरुको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न निर्देशन दिएका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको