Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पेबाट आईएमई लाइफको बीमा प्रिमियम भुक्तानी गर्दा क्यासब्याक

अर्थ संसार

बुधबार, २० पुस २०७९, १२ : १८ मा प्रकाशित

आइएमई पेबाट आईएमई लाइफको बीमा प्रिमियम भुक्तानी गर्दा क्यासब्याक

आइएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम  भुक्तानी गर्दा रू. १ हजारसम्म क्यासब्याक प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । 

सम्झौता आदानप्रदान कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोद मान सिंह बस्नेतले यो सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरुलाई प्रोत्साहन मिल्ने बताए । 

सम्झौता पश्चात् आईएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपालभरी जहाँबाट पनि सजिलै आइएमई पेबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन् । 
प्रयोगकर्ताले भुक्तानी गरेपछि रू. १००० को बोनस तुरुन्तै प्राप्त गर्न सक्नुका प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको