हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएकाे छ ।
कम्पनीले चुक्ता पुँजीको १:०.७५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न यही असाेज २ गते पूर्व स्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरेको थियाे । विद्युत नियमन आयोग नियमावली, २०७५ को नियम ४५ बमोजिम तपसिलका शर्तहरु पालना गर्ने गरी सहमति प्रदान गरिएको हाे ।
शर्तहरु :
१. प्रचलित कानुन बमोजिम अनुमतिपत्र जारी गर्ने निकाय तथा अन्य निकायबाट सहमति लिनुपर्ने भएमा सो लिई आयोगलाई जानकारी गराउनु पर्नेछ ।
२. प्रचलित कानुन बमोजिम लाभकर लगायत अन्य कर बुझाउनु पर्ने भएमा सम्बन्धित निकायमा सो कर बुझाउनुपर्नेछ ।
३. कम्पनीले आयोगबाट समय समयमा जारी भएको मापदण्ड संहिता तथा संस्थागत सुशासन सम्बन्धि निर्देशन पालना गर्नुपर्नेछ ।
४. तहाँ अन्तर्गतका शेयरधनीहरु मध्ये कुनै शेयरधनी विद्युत सम्बन्धी आयोजना बनाई नेप्सेमा सुचिकृत कम्पनी भएमा हकप्रद शेयर जारी गरी लगानी गर्ने भएमा आयोगको पूर्व स्वीकृति लिनुपर्नेछ ।
५. आयोगले ऐन, नियमावली, विनियमावली र निर्देशिका बमोजिम कार्यान्वयन गर्न र निर्दिष्ट विषय सम्पादन गर्न समय-समयमा आदेश वा परिपत्र जारी गर्दा सोको परिपालना कम्पनीले गर्नुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस