Like us!
Follow us!
Connect us!
Watch us!

चालु पूँजी कर्जा मार्गदर्शन संशोधन पक्का भएसँगै बजारमा उछाल

नेप्से

बुधबार, २० पुस २०७९, १५ : १० मा प्रकाशित

चालु पूँजी कर्जा मार्गदर्शन संशोधन पक्का भएसँगै बजारमा उछाल

सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । आज (बुधबार) नेप्से परिसूचक अर्धसतक भन्दा धेरै अंकले बढ्दा कारोबार रकम पनि साढे ३ अर्ब पुगेकाे छ । राष्ट्र बैंकले चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ संशोधन गर्ने पक्का भएसँगै बजारमा उछाल देखिएकाे हाे । प्रधानमन्त्री प्रचण्डकाे निर्देशनपछि राष्ट्र बैंकले मार्गदर्शनमा भएको चालु सम्पत्ति र वार्षिक काराेबारकाे आधारमा मात्रै चालु पूँजी कर्जा पाइने व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्ने भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ विन्दुमा पुगेकाे छ । नेप्से ३.१५ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि १४.०९ अंकले बढेर ४०८.७२ विन्दुमा पुगेकाे छ ।

कूल २५८ वटा कम्पनीकाे ८७ लाख ३३ हजार ५ सय ४२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै व्यापार समूह बढेकाे छ ।

आइतबार हिमालयन डिष्टीलरी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ११ कराेड ५२ लाख ७४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज एक दर्जन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा अधिकांश लघुवित्त छन् । 

यस दिन एसबीआई बैंक डिबेञ्चरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य १.९९ प्रतिशतले घटेर ८ सय ९९ रूपैयाँ ७० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको