Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको साधारणसभा आज, के-के छन् प्रस्ताव ?

अर्थ संसार

विहीबार, २१ पुस २०७९, ०६ : २४ मा प्रकाशित

चन्द्रागिरी हिल्सको साधारणसभा आज, के-के छन् प्रस्ताव ?

चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको १३ औँ वार्षिक साधारण सभा आज पुस २१ गते गते, विहिबार चन्द्रागिरी हिल्स, थानकोट, काठमांडौमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

कम्पनीले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ । त्यसैले, बैंकका शेयरधनीहरूको हात खाली हुनेछ । 

सभामा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरि पारित गर्ने, लेखापरिक्षण समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन गर्ने प्रस्तावहरू पारित गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको