Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँ प्रशासनमा ‘टाइम कार्ड’ लागू, एक घण्टामा नागरिकता पाइने

पत्रपत्रिका

शुक्रबार, २२ पुस २०७९, ०७ : १२ मा प्रकाशित

काठमाडौँ प्रशासनमा ‘टाइम कार्ड’  लागू, एक घण्टामा नागरिकता पाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौँले दैनिक सेवा प्रवाह छिटो छरितो गर्न टाइम कार्ड लागू गरेको छ । बिहीबार मध्याह्न १२ बजेदेखि नयाँ नागरिकता वितरण, नाबालक परिचयपत्र वितरण, सङ्घसंस्था नवीकरण तथा मुद्दाको पेसी तोक्ने विषयमा टाइम कार्ड लागू गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले टाइम कार्ड लागू भएपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयको निरीक्षण गरेका थिए । जिल्ला प्रशासन कार्यालयले १० वटा सेवामा ‘टाइम कार्ड’ लागू गर्ने घोषणा गरेको भए पनि कहिलेदेखि लागू गर्ने भन्नेबारे निर्णय गरिसकेको छैन ।  

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सूचना अधिकारी देवी पाण्डे खत्रीका अनुसार बिहीबारदेखि संस्था नवीकरण, मुद्दाको पेसी ३० मिनेट तथा नयाँ नागरिकता वितरण तथा नाबालक परिचयपत्र वितरण एक घण्टाभित्र वितरण गरिसक्ने गरी टाइम कार्ड लागू गरिएको छ । यस्तै राष्ट्रिय परिचयपत्र  कार्ड  वितरण  ३०  मिनेट,  राहदानी  वितरण १५ मिनेट र मुद्दाको फैसला ६० दिनभित्र गर्ने गरी समय तोकेको भए पनि लागू हुन केही समय लाग्ने भएको जनाइएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको