Like us!
Follow us!
Connect us!
Watch us!

इकोनोमिक मिडिया सोसाइटीमा नयाँ नेतृत्व, अध्यक्षमा रामराजा श्रेष्ठ

अर्थ संसार

शनिबार, २३ पुस २०७९, १७ : २५ मा प्रकाशित

इकोनोमिक मिडिया सोसाइटीमा नयाँ नेतृत्व, अध्यक्षमा रामराजा श्रेष्ठ

आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रबार सम्पन्न संस्थाको चौथौ तथा पाँचौं वार्षिक साधारणसभाले बिजखबर डटकमका सञ्चालक रामराजा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 

कार्यसमितिको उपाध्यक्षद्धयमा बिजशाला डटकमका सोमनाथ बास्तोला, बिजपाटी डटकमका सञ्चालक लोचन खतिवडा, महासचिवमा सिंहदरबार डटकमका नारायण पौडेल, सचिवमा टक्सार म्यागाजिनका हिम विष्ट, सहसचिवमा अर्थपथ डटकमका बिष्णु जम्कटेल तारुके, कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव भण्डारी, सदस्यहरुमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल, अर्थसंसार डटकमका मिलन खड्का, आर्थिकआवाज डटकमका सुरेन्द्र पौडेल र अर्थतन्त्र डटकमकी सुवद्रा थापा सर्वसम्मत चयन भएका छन् । 

६ बर्षअघि स्थापना भएको इम्शनमा यसअघि कर्पोरेट नेपालका सीताराम विलासी अध्यक्ष थिए ।  हाल इम्शनमा विभिन्न विधाका २७ वटा आर्थिक मिडियाहरु आवद्ध रहेका छन् ।आर्थिक मिडियाहरुको व्यवसायिक विकास र दक्षता वृद्धिका लागि इम्शन स्थापना भएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको