Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रलाई सही बाटोमा लैजान आर्थिक मिडिया र निजी क्षेत्रकाे सहकार्य जरुरी: राजेन्द्र मल्ल

अर्थ संसार

विहीबार, ०५ माघ २०७९, १७ : ३६ मा प्रकाशित

अर्थतन्त्रलाई सही बाटोमा लैजान आर्थिक मिडिया र निजी क्षेत्रकाे सहकार्य जरुरी: राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई सही बाटो तर्फ लैजान  इकोनोमिक मिडिया र निजी क्षेत्रकाे सहकार्य जरुरी रहेकाे बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपालका नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा कार्य समिति सदस्यहरुको सम्मानमा नेपाल चेम्बर अफ कमर्सद्धारा आयोजित स्वागत कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

आत्म निर्भर अर्थतन्त्र निर्माण अभियानमा इकोनोमिक मिडिया र निजी क्षेत्र एउटै बास्केटमा रहेकोले निजी क्षेत्रका भनाइहरुलाइ जनमानसमा पुर्याउन यस इकोनोमिक मिडिया क्षेत्रसँग सम्बन्धित लगानीकर्ता तथा संचारकर्मीहरुको अहं भूमिका रहेको उनले बताए ।

सरकारले प्रतिवद्धता गरेका कतिपय सुविधाहरु व्यवहारमा उपलब्ध हुन नसकेका कतिपय उदाहरणहरु दिँदै उनले यी प्रतिवद्धताहरु शब्दमा मात्र सिमीत रहेकाले प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षलाइ घच्घच्याउन मिडियाको भूमिका अपरिहार्य रहेको बताए । आर्थिक एजेण्डामा आफूहरूको समान दायित्व भएकोले सहकार्य गर्दै अगाडी बढ्नु जरुरी भएको उनकाे तर्क छ ।

सोही अवसरमा इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले आर्थिक नीति निर्माणमा पैरवी गर्ने , आर्थिक मन्दीका सन्दर्भमा निजी क्षेत्रसंग समन्वय गर्ने र निजी क्षेत्रका चुनौतिहरुलाइ सम्प्रेषण गर्ने उद्धेश्यले यस संस्थाको स्थापना भएको बताउनु हुंदै संस्थाको भूमिकामा केही कमजोरी भए सुझाव दिन पनि आग्रह गरे ।

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल तथा उपाध्यक्ष उर्मिला श्रेष्ठको पनि उपस्थिति रहेको थियो । इकोनोमिक मिडिया सोसाइटीका निवर्तमान अध्यक्ष सिताराम बिलासी, उपाध्यक्ष द्धय सोमनाथ वास्तोला र लोचन खतिवडा महासचिव नारायण पौडेल सचिव हिम बिष्ट, सहसचिव बिष्णु जमरकट्टेल, कोषाध्यक्ष केशव भण्डारी सदस्यहरु मिलन खडका तथा सुरेन्द्र पौडेलको पनि उपस्थिती रहेको थियो ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको